बलात्कार दृश्यबाट हिट बनेका यी भिलेन

मुम्बई(एजेन्सी) । हिन्दी फिल्ममा ७० देखि ८० को दशकमा यस्ता हजारौं फिल्म बने जसमा युवतीलाई छेडछाड या बलात्कार गर्नु फिल्म हिट हुने फर्मुला हुन्थ्यो । तर समय र सामाजिक जिम्मेदवारीलाई सम्झँदै निर्देशकले बलात्कारलाई हिट फर्मुलाको रुपमा छोड्दै नयाँ सामाजिक मुद्धालाई प्रमुख विषय बनाउन थाले । निर्देशकहरुले फिल्म निर्माणको धार परिवर्तन गरे पनि ७० देखि ८० का दशकका चर्चित भिलेन, जो फिल्मी पर्दामा बलात्कार जस्तो जघन्य अपराध गरेरै चर्चित बने । ती खतरनाक भिलेनको बारेमा केही थाहा पाऔं ।

प्रेम चोपडा
प्रेम चोपडालाई खतरनाक हाँसोसँगै एक डरलाग्दो मुस्कानले चर्चित बनायो । बलिउडमा फिल्मकर्मीहरु उनको यो शैली अन्य भिलेन भन्दा खतरनाक ठान्दछन् । फिल्मी दुनियाँमा सबैभन्दा बढी बलात्कार दृश्य दिने रेकर्डमा प्रेम चोपडा अग्रपंक्तिमा आउँछन् । आफ्नो करियरमा उनले २ सय ५० बढी फिल्ममा बलात्कार दृश्य दिएका छन् ।

रन्जीत
७० देखि ८० को दशकमा खतरनाक भिलेन मानिएका रन्जीत फिल्ममा नायकको नभई उनको बहिनी र हिरोइनको पछि निकै दौडन्थे । २ सय भन्दा अधिक फिल्ममा काम गरेका उनले १ सय ५० फिल्ममा बलात्कार सिन दिएका छन् ।

शक्ति कपूर
शक्ति कपूर हिन्दी फिल्ममा सबैभन्दा रुचाइएका भिलेनमा चिनिन्छन् । ४ सय बढी फिल्ममा अभिनय गरिसकेका उनले करिब ८० भन्दा बढी फिल्ममा बलात्कार सिन दिएका छन् ।

गुलशन ग्रोवर
बलिउडका ‘ब्याडमेन’का रुपमा परिचित गुलशन ग्रोवर एक ख्यातीप्राप्त अभिनेतासँगै एक कमालका पिता पनि हुन् । तर फिल्ममा उनको पहिचान केही पृथक छ । उनले आफ्नो करियरमा २२ भन्दा धेरै बलात्कार सिन दिएका छन् ।

डेनी डेन्जोङ्पा
डेनीले आफ्नो करियरमा १ सय १० बढी फिल्ममा बलात्कारका सिन दिएका छन् । ७० देखि ८० को दशकमा कैयौं फिल्म यस्ता पनि छन्, जब डेनी, रन्जीत र प्रेम चोपडा मिलेर यस्ता एक दृश्यलाई प्राथमिकता दिन्थे ।