यस्तो छ कथा ७२ को टिजर

काठमाडौं । २०७२ सालको महाभूकम्पले मानवीय सम्बन्ध र संवेदनामा पारेको प्रभावमाथि बनेको फिल्म ‘कथा ७२’ फस्टलुकसँगै टिजर पनि सार्वजनिक भएको छ । प्रवीण स्याङ्बोको लेखन, निर्देशन रहेको फिल्म आइसफल प्रोडक्सनसँग सहकार्य गर्दै लोकल सिनेमाले बनाएको हो ।

२०७५ को वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको १ मिनेट ५८ सेकेन्डको टिजरमा सिन्धुपाल्चोकको पा“चपोखरी, भोताङ लगायतको क्षेत्रका सुन्दर दृश्यहरु समेटिएका छन् । मानवीय यात्रामा भूकम्पको प्रभावलाई प्रतिकात्मक दृश्यलाई टिजरमा देख्न सकिन्छ । फिल्ममा ‘सन डान्स् अन्तर्राष्ट्रिय अर्वाड’ विजेता चिन्तन राजभण्डारीको छायांकन छ ।

यही फिल्मबाट निर्देशक प्रवीण पा“च वर्षपछि दर्शक माझ आउ“दैछन् । उनले यसअघि २०६९ मा ‘अध्याय’ निर्देशन गरेका थिए । फिल्मको भूमिकामा रहेका अभिनेता आकाश मगर पनि केही वर्षको अन्तरालपछि यस फिल्मबाट दर्शक माझ आउ“दैछन् । फिल्ममा आकाशस“गै सुप्रिया राना, भुइसाल लामा, पाल्मो सन्जु, केदार श्रेष्ठ, शारदा अधिकारी, रोमस लगायतको अभिनय रहेको छ ।

मौलिक कथावस्तुमा चलचित्र निर्माण गर्ने अभियानका साथ लोकल सिनेमाले आफ्नो पहिलो प्रस्तुतिको रुपमा ‘कथा ७२’ प्रदर्शनमा ल्याउने तयारी गरेको हो । ‘कथा ७२’को आकाश पौडेल, सुशान्त श्रेष्ठ र प्रवीण स्याङ्बो, रामकृष्ण पोखरेल निर्माता रहेका छन् ।