बलिउडमा डेब्यु गर्दै यी अनुहार

मुम्बई(एजेन्सी) । सन् २०१८ मा बलिउड करियरको झोलामा नयाँ प्रतिभा धेरैको आगमन हुँदैछ । हरेक वर्ष यो ग्ल्यामरस उद्योगमा धेरै मानिसहरु आउँछन् । तर केही मात्र सफल भएका उदाहरण छन् । बलिउडमा यो वर्ष सारा, जाह्नवी र ईशान खट्टर जस्ता स्टारका छोराछोरीका अलावा अन्य नयाँ कलाकार पनि छन्, जो आफै संघर्ष गरेर बलिउडमा डेब्यु गर्दैछन् ।

मिथिला पालकर
युट्युबको दुनियााँमा मिथिला पालकर चिनेको नाम हुन् । एउटा छोटो भूमिकामा उनी इमरान खान र कंगना रनावतको फिल्म ‘कट्टी बट्टी’मा देखिएकी थिइन् । तर अब उनी इरफान खान र दलकीर सलमानसँग फिल्म ‘कारवां’मा पनि देखिँदैछिन् ।

बनीता संधू
वरुण धवनको आउन लागेको फिल्म ‘अक्टूबर’मा उनीसँग बनीता संधू पनि देखिनेछिन् । बनीता १८ वर्षकी एनआरआइ मोडल हुन्, जो पञ्जाबी समुदायबाट छिन् । उनी लण्डनमा जन्मिएकी हुन् । उनी ११ वर्षको उमेरदेखि नै अभिनय गर्थिन् । उनी यो भन्दा अघि डबलमिन्टको विज्ञापनमा पनि अभिनय गरेकी थिइन् ।

जेन खान दुर्रानी
ग्रे रंगको आँखा भएका हेण्डसम मोडल जोन खान दुर्रानीले पनि यसै वर्ष बलिउडमा पाइला चाल्दैछन् । सारेगामा प्रोडक्शनको फिल्म ‘कुछ भीगे अल्फाज’बाट उनी हिन्दी फिल्ममा डेब्यु गर्दैछन् । लामो समयपछि बाहिरबाट आएर नायकका रुपमा डेब्यु गर्नुले पनि धेरैले उनको अभिनय कस्तो छ भनेर चासो देखाएका छन् ।

नोरा फतेही
नोरा बलिउडका लागि नयाँ नाम होइन । उनलाई पहिलोपटक कुनै एक फिल्ममा मुख्य नायिकाको भूमिका निभाउन संयोग जुरेको छ । रोकी हैन्डसम र बाहुबली जस्ता फिल्ममा नृत्य गरिसकेकी उनी समीर सोनीको फिल्म ‘माय बर्थडे सङ’ मा उनी संजय सूरीसँग देखिँदैछिन् ।

मृणाल ठाकुर
प्रख्यात टेलिभिजन शो ‘कुमकुम भाग्य’मा बुलबुल चरित्रमा अभिनय गर्ने मृणालको बारेमा दुई खबर बाहिर आएको छ । पहिलो उनी सन् २०१८ मा एन आनेको फिल्म ‘लव सोनिया’बाट बलिउडको हिस्सा बन्दैछन् । दोस्रो उनी ऋतिक रोशनसँग फिल्म ‘सुपर ३०’ पनि देखिँदैछन् । अर्थात उनलाई एकैपटक दुई ठूला व्यानरका फिल्ममा काम गर्ने मौका मिलिरहेको छ ।