तस्वीरमा यस्तो छ लभ डायरिजको सुटिङ

काठमाडौं । पर्यटकीय सहरका रुपमा परिचित चितवनमा यतिबेला फिल्म ‘लभ डायरिज’को छायांकन धमाधम भईरहेको छ । प्रेमकथा र कमेडी जनरामा बनिरहेको फिल्ममा सौरभ चौधरीले एक्सन कट गरिरहेका छन् । यो फिल्म निर्माणका लागि दुईवर्षदेखि गृहकार्य गर्दै आएका चौधरीका अनुसार फिल्मको ७० प्रतिशत छायांकन चितवनमा नै हुनेछ ।
चितवनबाहेक पोखरा र काठमाडौमा छायांकन गरिनेछ । फिल्म युनिट आठ दिनदेखि सौराहाको ग्रिनपार्क होटलमा फिल्म खिचिरहेका छन् । फिल्ममा सुशिल श्रेष्ठ प्रमुख भूमिकामा छन् । उनले विदेशमा बिलासी जीवनमा बसेको एक युवकलाई उनका बुवाले व्यापार सम्हाल्न नेपाल पठाएपछि शुरु भएको एउटा संघर्षलाई फिल्ममा देखाउने बताए ।
फिल्ममार्फत नायिका रुविना थापाले डेब्यु गरेकी छन् । उनले फिल्मको बारेमा नसोचेको भएपनि काम गर्न पाउँदा रमाईलो महसुस भएको बताइन् । उनका अनुसार फिल्ममा केही काम गर्न परिवारसँग अलग्गिएर टाढिएकी युवतीको चरित्रमा उनको अभिनय हेर्न पाइनेछ ।
फिल्ममा विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीे मुख्य भूमिका रहेका छन । फिल्ममा साहिल खान एसोसियट निर्देशकको रुपमा रहेका छन् । साहिल र मिलन श्रेष्ठले सम्पादन गर्ने फिल्म्मा विनोद सापकोटाको निर्माण र सरोज तुलाधरको सह निर्माण, संजय लामाको छायांकन, अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।