लम्फूको गीतमा रोमान्टिक तरकारीवाली

काठमाडौ । आगामी वैशाख २५ गते रिलिज घोषणा गरिएको फिल्म ‘लम्फू’को प्रेमभावको गीत ‘सँगै जिउने सँगै मर्ने’को भिडियो सार्वजनिक भएको छ । भिडियोमा फिल्मका मुख्य कलाकार कबिर खड्का, मरिष्का पोखरेल, चाँदनी शर्मा र सञ्जित भण्डारीसँगै तरकारीवालीका रुपमा परिचित कुशुम श्रेष्ठको पनि अभिनय छ । कुसुमको यो डेब्यु फिल्म हो ।

गीतमा अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, सुरेश लामा र अप्सरा घिमिरेको स्वर छ । गोपालचन्द्र लामिछानेको निर्देशन रहेको फिल्ममा सलोन बस्नेत, कुशाग्र भट्टराई, आयन खड्का, ओम गुरुङ, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुङ, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की लगायतको अभिनय छ ।

निर्देशक लामिछानेले फिल्मले एक युवाको जीवनमा नचाहेरै आईपर्ने विभिन्न उतारचढावलाई प्रस्तुत गरेको छ । पपुलर मल्टिमीडियाको व्यानरमा निर्माण भएको फिल्मा शक्तिबल्दभ घोरासैनीको लगानी छ । फिल्ममा भूपतिको लेखन, दिपक बज्राचार्यको छायांकन, हरि सिलवालको सम्पादन र पुनम गौतमको कस्ट्युम डिजाइन छ ।