प्रेमकथामा द प्रिन्स

काठमाडौं । एनपी फिल्म्स प्रोडक्सनको ब्यानरमा फिल्म ‘द प्रिन्स’ निर्माण हुने भएको छ । मदन घिमिरेको निर्देशनमा बन्न लागेको फिल्ममा विष्णु शिवाकोटीको लगानी रहनेछ । फिल्ममा शिबु थापा, शिबु शाह, कशिस दाहाल, सरोज खनाललगायतको अभिनय हुनेछ ।

सम्राट थापाको कथा तथा संगीत रहने फिल्ममा सम्राट बस्नेतको द्वन्द्व, रामशरण उप्रेतीको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहने छ । फिल्ममा मनिषा पाण्डे, निशा केशी भण्डारी र महेन्द्र मैनालीको पनि अभिनय रहनेछ ।