अनिशको गीतमा सुगमको साथ

काठमाडौ । पछिल्लो समयमा पाश्र्वगायनमा उदाएका गायक सुगम पोखरेलको स्वरमा रहेको गीत ‘ताली ठोकौँला’को भिडियो सार्वजनिक भएको छ । गीतमा अर्का गायक अनिश भण्डारीको पनि स्वर सुन्न सकिन्छ । गीतमा शब्द तथा संगीत सम्भोज मल्ल र सुगमकै रहेको छ ।

झण्डै १४ बर्षपछि गायक अनिश अर्का गायक सुगमसँगको सहकार्यमा सांगीतिक यात्रामा फर्किएका हुन् । भण्डारीले यस अघि सुमगसँगै मिलेर ‘रंगीन यो साँझ’ तथा सुदिन पोखरेलसँगको सहकार्यमा ‘एउटा सपना’ बोलका गीत ल्याएका थिए ।

नयाँ भिडियोमा विकास सुवेदीको निर्देशन छ । जसमा अमृत ढुंगाना र जुना सुन्दासको अभिनय रहेको छ । रामशरण उप्रेतीको छायांकन रहेको भिडियोमा सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।