फर्गटन लभमा रोमान्टिक पवित्रा–आकाश

काठमाडौं । फिल्मको निर्देशनबाहेक निर्देशक बसन्त निरौला म्युजिक भिडियो निर्देशनमा पनि उत्तिकै व्यस्त छन् । कहिले कालिञ्चोक त कहिले अन्य सुन्दर लोकेशनमा भिडियो खिच्न रुचाउने यी निर्देशक यतिबेला भने कुलेखानी पुगेका छन् ।

आकाश आचार्यको शब्द संगीतमा तयार भइरहेको एल्बम ‘फर्गटेन लभ’मा समावेश नयाँ गीतको भिडियोमा गायक आकाश आचार्यसँगै मोडल तथा नायिका पवित्रा आचार्यको रोमान्सलाई हेर्न पाइनेछ । ‘आफैदेखि टाढा’ गीतमा आकाशकै स्वर छ ।

निर्देशक निरौलाले पछिल्लो पुस्ताका अधिकांश युवा युवतीको प्रेम कथालाई जीवन्त रुपमा भिडियोमा तयार गर्ने प्रयास गरेको बताए । सागर आचार्यले निर्माण गरेको भिडियोलाई दिव्य सुवेदीले खिचेका छन् ।