सुरेशको गजलमा पुष्कर–शिल्पाको प्रेम

काठमाडौं । अमेरिकामा बस्दै आएका गजलकार सुरेश वाग्लेको नयाँ गीत ‘प्यार हुन्छ’को भिडियो सार्वजनिक भएको छ । गायन जोडी उदय सोताङ र मनिला सोताङको स्वरमा रहेको गीतको भिडियोमा पुष्कर कार्की र शिल्पा मास्केले फिचरिङ गरेका छन् ।

एल्बम ‘आँखाको नानी’मा समावेश गरिएको गीतमा किरण श्रेष्ठको संगीत र किरण कँडेलको एरेञ्ज छ । भिडियोमा केटी माग्न जाँदा केटा र केटीले मनपरापर गरेको अवस्थालाई चित्रण गरिएको छ ।

भिडियोको निर्देशन प्रशान्त रसाइलीले गरेका हुन् । पोखराको ओपन हाउस रेष्ट्रो एण्ड बारमा छायांकन गरिएको भिडियोमा शैलेन्द्र डी कार्कीको छायांकन छ ।