काठमाडौं । आगामी भदौ १४ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘गणपति’को ‘टुकी झ्याप’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा निशान भट्टराई, अनिस अधिकारी र रचना रिमालको स्वर रहेको छ भने अनिस अधिकारीको शब्द रचना तथा कम्पोज छ । बाबुल गिरीले गीत एरेन्ज गरेका हुन् । गीतको भिडियोमा अभिनेत्री वर्षा सिवाकोटी बोल्ड अवतारमा देखिएका छन् । उनीसँगै मुकुन भुषाल, कालु रानालगायतका कलाकार फिचर्ड छन् ।
यही गीतको छायांकनको क्रममा बालाजुस्थित चलचित्र विकास संस्थानको ल्याबमा आगलागी भएको थियो । सविन अधिकारीद्वारा निर्देशित ‘गणपति’ले आस्थाको रुपमा रहेका भगवान् र पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउनेछ ।
फिल्ममा मुकुनका साथै मेनुका प्रधान, स्वर्गीय जयनन्द लामा, कविता न्यौपाने, सूर्यमाला खनाल, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेललगायतको पनि अभिनय छ । फिल्मको प्रस्तुतकर्तामा रामप्रसाद रिजाल छन् भने निर्मातामा लक्ष्मण रिजाल तथा कार्यकारी निर्मातामा विज्ञान केसी र अरविन्द्र गिरी छन् ।






