द केरल स्टोरी अभिनेत्रीले किनिन् सुशान्तको अपार्टमेन्ट

मुम्बई(एजेन्सी) । फिल्म ‘द केरल स्टोरी’ फेम्ड अभिनेत्री अदा शर्माले हालैमात्र एक बिलासी घर किनेकी छन् । उनले किनेको त्यही घर हो, जहाँ दिवंगत अभिनेता सुशान्त सिंह राजपूत बस्दथे ।

सन् २०२० मा यही घरमा सुशान्त मृत भेटिएका थिए । उनको निधन पछि यो घर जोकोहीले किन्न मानेका थिएनन् । जसकारण घरबेटी पनि आजित भएका थिए ।

सुशान्त यो घरको सी फेसिङ डुप्लेक्स अपार्टमेन्ट भाँडामा लिएका थिए । सन् २०२० को जुन १४ मा सुशान्त यही अपार्टमेन्टको बेड रुममा मृत भेटिएका थिए । सुरुमा सुशान्तले आत्महत्या गरेको कुरा आए पनि विस्तारै विस्तारै उनको मृत्युका विषयमा अलग अलग कुरा सार्वजननिक भएका थिए । सुशान्त यो घर प्रयोग गरेवापत मासिक साढे ४ लाख भाडा तिर्थे ।

उनको मृत्युपछि कसैले पनि यो फ्ल्याट किन्न चाहेनन् । उनको मृत्युपछि फ्ल्याटको बाढा बढाइएको र त्यहीकारण मानिसहरुले लिन अनिच्छा जनाएको बताइएको थियो ।

अदाले यो घर किनेको विषयमा कुनै प्रतिक्रिया दिएकी छैनन् । अदाले सन् २००८ मा फिल्म ‘१९२०’बाट डेब्यू गरेकी थिइन् । उनले यसबाहेक ‘हंसी तो फंसी’, ‘कमाण्डो २’, ‘कमाण्डो ३’ जस्ता फिल्ममा अभिनय गरिन् । तर चर्चा भने उनले फिल्म ‘द केरल स्टोरी’बाटै पाइन् ।