धमाकेदार कमव्याकको तयारीमा आमिर

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता आमिर खानलाई त्यसै परफेक्शनिस्ट भनिएको होइन । केही समयअघि अभिनयबाट ब्रेक लिने घोषणा गरेका आमिर अहिले त्यो घोषणालाई सच्याउदै आफ्नो कमव्याक फिल्मको घोषणा गर्न अग्रसर भए । जुन फिल्म सन् २०२४ को क्रिसमसमा रिलिज हुँदैछ ।

यति मात्र होइन, आमिर कैयौं फिल्ममा आफ्नो धमाकेदार कमव्याक गर्ने तयारीमा छन् । जसका लागि उनले भारतको अग्रण स्टुडियो जिओ स्टुडियोका साथ मल्टी फिल्म डिल साइन गरेका छन् ।

आमिर एकसाथ कैयौं फिल्मका लागि कडा मेहनत गरिरहेका छन् । उनी कमव्याक फिल्म ‘च्याम्पियन’ (स्पेनिस फिल्म च्याम्पिओन्सको हिन्दी रिमेक) सोनी पिक्चर प्रोडक्सनमार्फत ल्याउँदैछन् । यो फिल्ममा आरएस प्रसन्नाको निर्देशन रहनेछ । उनको आगामी दुई फिल्म जियो स्टुडियोले निर्माण गर्दैछ ।

‘च्याम्पियन’को रिमेक पुरा गरेपछि उनी राजकुमार सन्तोषीको पारिवारिक फिल्ममा अभिनय गर्नेछन् । आमिर, दिनेश विजान र जियो स्टुडियो मिलेर उज्जवल निकम बायोपिक पनि बनाउदैछन् ।

उज्जवलको बायोपिकमा आमिरले अभिनय गर्ने वा निर्माण गर्ने भन्ने हालसम्म टुंगो लागिसकेको छैन ।