मिष्टर ग्लोबलमा गए समर्पण

काठमाडौंँ । ‘मिष्टर नेपाल’ विजेता समर्पण जंग कार्की थाइल्याण्ड उडेका छन् । थाइल्याण्डमा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिष्टर ग्लोबल २०२३’मा नेपालको प्रतिनिधित्व गर्न उनी शुक्रबार साँझ त्यसतर्फ उडेका हुन् ।

प्रतियोगिताको फाइनल २६ नोभेम्बरमा हुँदैछ । कार्की नेपाली कलासंस्कृतिसहित प्रतियोगितामा सहभागी हुन लागेका हुन् । प्रतियोगिताका लागि उनको फेसन ज्वालाराज पोखरेलले तयार गरेका छन् ।

थाइल्याण्ड उड्नु अगाडि एयरपोर्टमा सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले यो पटक प्रतियोगिताको ताज नेपाल भित्र्याउने लक्ष्यसहित आफू सहभागी हुन लागेको बताए ।

विराटनगरका कार्कीले केही अगाडि न्युलुक ‘मिष्टर नेपाल २०२३’को उपाधि जितेका थिए । उक्त उपाधिसहित उनले प्रतियोगितामा सहभागी अवसर प्राप्त गरेका हुन् । पेशाले पाइलट कार्कीलाई प्रतियोगीतामा नेक्स्ट मोडल्स नेपालले पठाएको हो ।