धडकमा फर्किइन् श्रीदेवी पुत्री जाह्नवी

मुम्बई(एजेन्सी) । बलिउडकी नवनायिका जाह्नवी कपूरलाई आमा श्रीदेवीको निधन पछि पहिलेकै अवस्थामा फर्किनु ठूलो समस्याको विषय बनेको छ । तर यो समस्यालाई बुझे पनि उनले आफूलाई पहिलेकै अवस्थामा ल्याउन प्रयासरत छिन् । परिवार श्रीदेवीको शोकमा रहिरहँदा जाह्नवीले आपनो पहिलो बलिउड फिल्म ‘धडक’को सुटिङ शुरु गरेकी छन् ।

आमा श्रीदेवीको निधन पछि जाह्नवीले फिल्मको सुटिङ सेड्युलबाट केही समयका लागि विश्राम लिने अनुमान गरिए पनि ती अनुमानलाई गलत साबित गर्दै उनी सुटिङमा फर्किएकी हुन् । मुम्बईको कार्टर रोडमा जाह्नवी फिल्मको सुटिङमा व्यस्त छि । पिÞmल्मको टिमले राजस्थानलगायतका स्थानमा पहिलो चरणको सुटिङ सकिसकेको छ ।

जाह्नवीले आफ्नो कारणले फिल्मको सुटिङ नरोकियोस् भन्ने चाहना राखेको फिल्म निर्माण पक्षले जनाएको छ । जाह्नवीले मुम्बईको ईशान खट्टरसँग फिल्मको रोमान्टिक दृश्य सुटिङ गरिएको छ । फिल्म ‘धडक’ मराठी चित्रपटको ब्लकबस्टर फिल्म ‘सैराट’को हिन्दी रिमेक हो । फिल्म जाह्नवी एथिनिक अवतारमा देखिनेछिन् ।