राजधानीमा सुगुपको विशेष प्रदर्शन

काठमाडौं । फिल्म ‘सुगुप’ राजधानीमा विशेष प्रदर्शन गरिएको छ । फिल्मका प्रस्तुतकर्ता रविनकुमार नाल्बोकी आमा मनमाया नाम्लोको बुधबार निधन भएपछि एक मिनेट मौनधारणा पश्चात फिल्म प्रदर्शन गरिएको थियो ।

फिल्म हेरेपछि दर्शकले ‘सुगुप’ले लिम्बु कला, संस्कृति र संस्कारको विषयलाई अत्यन्तै सुन्दर ढंगले प्रस्तुत गरेको बताए । लोकेन साँवा लिम्बु निर्देशित फिल्ममा यासेली योङहाङ, मौसम ईम्बुङ लिम्बू, प्रेम सुब्बा(फूलन्देको बाउ), बबीता नेयोङहाङ, सुम्नीमा खापुङ, डम्बरकुमारी, पयाङगो मेन्याङबो, योमन सोदेम्बा, सागर केरुङ, रुकमा लिम्बू, निता लिम्बू, पन्ना आङबो, एम.के. योङहाङ, तीर्थ मादेम्बा, उदय बेघा, लिला सेत्लिङ माबो, ईन्द्रा पंधाक, युवराज ईश्बो, थानाहाङ तिगेलालगायतको अभिनय छ ।

प्रस्तुतकर्ता तथा मुख्य निर्माता रबिन कुमार नाल्बो लिम्बु, निर्माता शैलेन्द्र कुमार नाल्बो, दिलमाया लाबुङ नाल्बो, सह–निर्माता एल.पी. साँवा लिम्बु, मनिषा सुब्बा नाल्बो, श्रीप्रसाद माबो, नृत्य निर्देशक कमल राई, द्वन्द निर्देशन किशोर सम्बाहाङ्फेको रहेको छ ।

फिल्म भारतको आसाम, नेपालको ताप्लेजुङ नाल्बू र साँबा याङ्वरक पाँचथर, तेह्रथुम, काठमाडौं, मकवानपुरको कुलेखानीको पर्यटकीय स्थलहरुमा छायाङ्कन गरिएको छ ।
किराँत याक्थुङ चुम्लुङ काठमाण्डौ, ललितपुर, भक्तपुर याक्थुङ युथ एशोसिएशन, लिम्बू विद्यार्थी मञ्च, फक्ताङलुङ सयङ, ताप्लेजुङ सरोकार केन्द्र, ताप्लेजुङ समाजको सहआयोजनामा बिशेष प्रदर्शन भएको हो ।

लिम्बु जातिमा प्रसव पिडा अथवा सुत्केरी ब्याथाको कारण ज्युँदो या मृत बच्चा जन्माउँदै गर्दा अथवा सुत्केरी कै कारण रगत बगेर मृत्यु हुने महिलालाई सुगुप भएको भन्ने चलन रहेको प्रस्तुतकर्ता तथा मुख्य निर्माता रबिन कुमार नाल्बो लिम्बुले बताएँ । भोलि शनिबार धरानका मेयर हर्क साम्पाङको प्रमुख आतिथ्यतामा धरानमा सुगुपको विशेष प्रदर्शन हुदैछ ।