शिवरात्रीलाई रानी र नारायणको शिव शिव

काठमाडौं । महाशिवरात्री पर्व आउन एक साता मात्र बाँकी छ । शिवरात्री पर्व नजिकिदै जाँदा गीतसंगीत क्षेत्रका कलाकारहरुले गीतसंगीत पनि बजारमा ल्याउन थालेका छन् । यही क्रममा, गायिका रानी शाक्य र गायक नारायण बाबुले ‘शिव शिव’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् ।

नारायण बाबुकै शब्द तथा संगीत रहेको गीतमा शिव भगवान्को महिमा गाइएको छ । गीतको भिडियोमा मोडल विना राउत र इश्वर बल्लभ उप्रेतीले मोडलिङ गरेका छन् ।

जीवन शाहीको निर्देशनमा तयार भएको यो भिडियोमा दिनेश पराजुलीको छायांकन, टेकेन्द्र शाहको सम्पादन, सन्तोष राजबहाकको कोरियोग्राफी छ ।

भिडियोमा विना र इश्वरले शिव लिङ्गको अगाडि उभिएर पूजा गरेका छन् । भिडियोमा शिव प्रतिको भक्तिभाव प्रष्ट झल्किएको छ ।