अन्जु र प्रतापको बादल भित्र

काठमाडौं । गायिका अन्जु पन्त र गायक प्रताप दास स्वरवद्ध नयाँ गीति भिडियो ‘बादल भित्र’ सार्वजनिक भएको छ । सोमबार युट्यूवमार्फत वर्ल्ड प्रिमियर गरिएको गीतले रोमान्टिक प्रेमको कथा बोल्छ ।

बिष्णु भण्डारीको शब्द रहेको गीतमा संगीतकार अर्जुन पोखरेलले संगीत भरेका छन् । एरेञ्जको काम कुशल सिंहको छ भने मिक्सिङ तथा मास्टरिङ नरेश विविसीले गरेका छन् ।

मोडलद्वय दिनेश बिष्ट र हीर शाहीको जीवन्त अभिनय भिडियोमा देख्न सकिन्छ । विक्रम चौहानले निर्देशन गरेको भिडियोमा पोखरा ढोर पाटन बाग्लुङ लगायत आसपासका रमणीय दृश्यलाई सुन्दर तरिकाले कैद गरिएको छ ।

छायांकन प्रकाश खड्काको रहँदा मेकअपमा कविता टोलङ्गी र अस्मिता शाही छिन् । सम्पादन र कलरमा क्रमशः लक्ष्मण चौहान र मिलान विश्वकर्माले गरेका छन् । ‘मायाको खेलाइमा, हाँसाहाँसी, राजरानी’ जस्ता लोकप्रिय गीतहरूमा अभिनय गर्दै दर्शकहरूको मन जितेका मोडल बिष्ट एक पछि अर्को गीतमा पनि फिट देखिएका छन् ।