तुलसीले ल्याए काठमाडौंमा

काठमाडौँ । गायक तुलसी शिवाकोटीको नयाँ गीत ‘काठमाडौंमा’ सार्वजनिक भएको छ । काठमाडौंमा मंगलबार एक कार्यक्रम बीच रास्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, साहित्यकार रामबाबू सुवेदी ,संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटाले सयुक्त रुपमा गीतको विमोचन गरे ।

लामो समय देखि युरोपमा बस्दै आएका गायक शिवाकोटीको गीतमा शब्द ,संगीत संगीतकार दीपक शर्माको रहेको छ भने नरेन्द्र वियोगीको एरेन्ज छ ।

कार्यक्रममा गायक शिवाकोटीले सर्जकहरुलार्इ पनि सहयोग होस् भनेर आफुले हरेक पटक स्टेज सोमा यो गीत गीत गाउदा यसका सर्जक दीपक शर्मालाई पनि केहि प्रतिशत रकम छुट्याएर हस्तान्तरण गरिने घोषणा गरेका थिए ।

विशेषत सुदुरपश्चिम र कर्णालीबाट काठमाडौंको जीवन शैलीलाई नियाल्न खोजिएको गीतमा नेपाली ठेट शब्द र लयलाई प्रयोग गरिएको छ । गायक तुलसी शिवाकोटी र रोशनी कार्कीको अभिनय रहेको गीतको भिडियो तुलसी शिवाकोटीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

उत्तम हुमागाईंको छायांकन रहेको भिडियोमा माधव बेल्बासेको सम्पादन र प्रहिल कार्कीको निर्देशन छ ।