ज्यू ज्यू सोल्टीमा राजेश र करुना

काठमाडौं । गायिका तथा मोडल करुना राईको स्वर तथा अभिनय रहेको गीत ‘ज्यू ज्यू सोल्टी’ को भिडियो रिलिज भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा गीतको भिडियो सार्वजनिक गरिएको हो । राजकुमार बगर र करुना राइको स्वर, हरि सापकोटाको शब्द र शंकर बराइलीको संगीत रहेको यो गीतको भिडियोमा अभिनेता राजेश हमाल र करुना राईको अभिनय छ । पूर्वेली भाकामा तयार भएको गीतको भिडियोमा देवेन्द्र पाण्डेको कोरियोग्राफी र निर्देशन छ ।

रामकृष्ण चौलागाइको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ । गीत सार्वजनिक कार्यक्रममा गायिका करुनाको जन्मदिनसमेत मनाइएको थियो । राजेश हमालको साथमा विशेष अतिथीको रुपमा पुगेका धिरेन शाक्यले करुनालाई शुभकामना दिए ।

नायक हमालले म्युजिक भिडियो र फिल्म दुवै कलाको पाटो भएको भन्दै कलाकारहरुले हरेक प्रकारका काम गर्न सक्नुपर्ने बताए । गायिका करुनाले राजेश हमालसँग पाँचौ पटक भिडियोमा सहकार्य गर्न पाउनु आफ्ना लागि भाग्यको कुरा भएको सुनाइन् । यस्तै, नायक धिरेन शाक्यले राजेश हमाल र करुना राइको जोडी निकै राम्रो देखिएको भन्दै गीतको प्रशंसा गरे ।