सन्तले ल्याए बेरंगी

काठमाडौं । सन्तकुमार राईको शब्दमा ‘बेरंगी’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा देबेश राईको संगीत, कम्पोजिसन, एरेन्ज, रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ समेटिएको छ ।

गीतमा प्रशान्त शिवाकोटी र ससिका राईको स्वर रहेको छ भने रेकर्डिङ रंगकासु राई स्टुडियोमा गरिएको हो । किरण राईको निर्देशन तथा कथामा तयार भएको यस म्युजिक भिडियोमा सन्त, अञ्जना थुलुङ, राजनकुमार राई र विश्व राईको अभिनय छ ।

भिडियोमा इसाक जबेगुको छायांकन, सम्पादन तथा कलर छ । भिडियो एसकेआर पिक्चर्सको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । अभिनयमा सक्रिय सन्तको यो पहिलो गीत हो । उनी बेलायतमा बस्दै आएका छन् ।