प्रदर्शनमा आउँदै युक्पुङ

काठमाडौं । लिम्बू संस्कृति र मौलिकतामा आधारित रहेर निर्माण गरिएको फिल्म ‘युक्पुङ’अर्थात ‘बस्ती’ यही वैशाख २९ गते कमलपोखरीस्थित बिगमुभिजमा विशेष प्रदर्शन हुँदैछ ।

राजधानीमा एक समारोहबीच यो फिल्मको ट्रेलर र एउटा गीत सार्वजनिक गरिएको छ । ‘युक्पुङ’को गीतमा मदन वनेम र यासेली योङहाङको शब्द रहेको छ भने पाश्र्व संगीत मदन वनेमकै रहेको छ । यो फिल्म काठमाडौंअघि हङकङमा मे १ तारिख अर्थात वैशाख १९ गते प्रदर्शन हुने भएको छ ।

मोफसल धरान, धनकुटा, झापा, मोरङलगायतका पूर्वका मुख्य शहरहरुमा प्र्रदर्शन भइसकेको यो फिल्म काठमाडौं र विदेशमा प्रदर्शन गर्न लागिएको हो ।

नोगेन अग्र्यानिक इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा दिनेश माङ्मुको निर्देशन छ । म्युजिक भिडियो निर्देशन र कोरियोग्राफी स्थापित दिनेशको ‘युक्पुङ’ डेब्यू फिल्म हो । निर्देशक माङ्मुकाअनुसार ‘थुक्पुङ’मा एउटा बस्तीको कथा देखाइएको छ ।

बिष्णु मोक्तान र मदन वनेमको पटकथा रहेको फिल्ममा यासेली योङहाङ, कबिता आले, कुसल थलङ, सेसेमा सेन्दाङ ‘कमला’, मदन वनेम, डीबी लिम्बू, तेज आङदेम्बे, बिनु तुम्बाहाङफे, पुष्पा वनेम, प्रेम ओझा, कुमार ढकाल, सागर केरुङ, नुनाम केरुङ, मिराक वनेम, सुलभ नेम्बाङ, हिमाल लिम्बू, देउमान पालुङवा, टीआर सेनेहाङ, रबि किरण मादेन लगायतले अभिनय गरेका छन् ।

नरकुमारी वनेम सेन्दाङ, स्वःभीमा पाङमा(सियेम), इन्दु लावती र ममता यक्सोको निर्माण रहेको फिल्ममा रविन्द्र बरालको छायांकन, राजु घिमिरेको मुख्य–सहायक निर्देशन र तारा शर्माको श्रृंगार छ ।