एक्सनले भरिपूर्ण कोइला ट्रेलर

काठमाडौं । एक्सनलाई प्राथमिकता दिइँदै फिल्म ‘कोइला’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका प्रमुख कलाकार प्रज्वल गिरीको खलपात्र ध्रुव कोइरालासँगको घम्साघम्सीलाई निकै प्राथमिकता दिइएको छ ।

आरोही फिल्मस्को व्यानरमा निर्माण गरिएको फिल्ममा प्रज्जवल गिरी, सोनिया गिरी, ममती खड्का, ध्रुव कोइराला, देव नेपाल, किरण थापा, कालु राणा, रामचन्द्र अधिकारी, पुजा रिजाल, सुरज पराजुली, दिपेन्द्र कोइरालालगायतको अभिनय छ ।

सुदिप आत्रेयको लेखन रहेको फिल्ममा शंकर बिसी र सिर्जन बरालको कोरियोग्राफी, ओम सुनुवार र रेखा पौडेलको संगीत, मदनकश्यप घिमिरेको छायांकन, समिर मियाको सम्पादन छ । गजेन्द्र रञ्जित निर्देशक रहेको फिल्ममा बीजे शर्मा, प्रत्युषा गिरीको लगानी, श्रीकृष्ण गिरी कार्यकारी निर्माता छन् ।