टंकको रेली माइमा कार्टुन क्रुज

काठमाडौं । गायक तथा संगीतकार टंक बुढाथोकी र डान्स ग्रुप ‘कार्टुन्ज क्रु’को अभिनय रहेको नयाँ गीत ‘रेली माइ’ को भिडियो सार्वजनिक भएको छ । गीतमा स्वर, शब्द तथा संगीत टंककै छ । सरोज अधिकरीको निर्देशनमा बनेको भिडियोमा सरोजको साथमा सुविन चौहान र राम घलेले कोरियोग्राफी गरेका छन् ।

गीतको भिडियोमा कार्टुन्ज क्रुको सदस्यहरु रोज अधिकारी, आश्मा बिश्वकर्मा, लाक्पा डि लामा, राम घले, सुविन चौहान र बिकास राईको साथमा दृष्टि श्रेष्ठ, बिजय अधिकारी र दिपेश बुढाथोकीले फिचरिङ गरेका छन् । ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन छ ।

सार्वजनिक भिडियोसँगै गायक टंक र कार्टुन्ज क्रुका टिम मेम्बरहरुले यो गीतको कभर डान्स प्रतियोगिताको समेत आयोजना गरेका छन् । कभर डान्स प्रतियोगिताका उत्कृष्ट तीन प्रतियोगीलाई क्रमश प्रथम हुनेलाई ७५ हजार, दोश्रो हुनेलाई ५० हजार र तेश्रो हुनेलाई २५ हजार रुपैयाँ पुरस्कार दिईने कार्टुन्ज क्रु का सरोज अधिकारीले बताए । २०७५ असार १ गतेसम्म पठाईसक्नुपर्ने भिडियोको बिजेता घोषणा असारको १७ गते हुनेछ ।