तेस्रो साता पनि शत्रु गते क्रेज उस्तै

काठमाडौं । गत चैत ९ गते रिलिज कमेडी जनराको फिल्म ‘शत्रु गते’ प्रति तेस्रो सातामा पनि दर्शकको क्रेज उस्तै बढेको पाइएको छ । दोस्रो साता सफलतापूर्वक प्रदर्शन भएर तेस्रो सातामा पाइला टेक्दा पनि दर्शक संख्या घटेको छैन । विशेषत मल्टिप्लेक्स हलमा दर्शकको चाप बढेको निर्माण पक्षले जनाएको छ । फिल्मको मोफसल वितरक एफडी कम्पनीका विक्रम पराजुलीका अनुसार फिल्मको कलेक्सन राम्रो भएकाले अधिकांश हलले शत्रु गतेलाई निरन्तरता दिएका छन् । फिल्मका उपत्यका वितरक गोपालकाजी कायस्थले फिल्म हेर्ने दर्शकको संख्या बढ्दो भएकाले मल्टिप्लेक्ससँगै सिंगल थिएटरमा पनि चाप राम्रो रहेको बताए । फिल्मले तेस्रो सातामा प्रवेश गर्दा ८ करोड भन्दा बढीको ग्रस कलेक्सन गरिसकेको छ ।

फिल्म राजधानीमा रहेको क्युएफएक्स च्यानल अन्तर्गतको हलमा सिभिल मलमा ५ शो, लबीम मलमा ६, छायाँ सेन्टरमा ५, कुमारी हलमा ४ र जय नेपालमा २ शो गरि कुल २२ शो पाएको छ ।यसैगरी अन्य मल्टिप्लेक्स अन्तर्गत सिटी सेन्टरमा रहेको बिग मुभिजमा ६ शो , राइजिङ मलमा रहेको क्युज सिनेमामा ३ शो , बिजी मलमा रहेको बीएसआर मुभिजमा ४ शो , केएल टावरमा रहेको एफक्युबमा ७ शो र सिटिसी मलमा रहेको सिने डी सेफमा २ शो पाएको छ ।

फिल्म ‘जात्रा’ डेब्यु निर्देशक प्रदीप भट्टराईले निर्देशन रहेको फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, प्रियंका कार्की, आँचल शर्मा, राजाराम पौडेल, शिवहरी पौडेल, बसुन्धरा भुषाल, रमेश रञ्जन झा लगायतको अभिनय रहेको छ । फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, स्व.यसोदा श्रेष्ठ र रमिला आचार्य निर्माता छन् ।