ह्याप्पी डेजमा ह्याप्पी भएनन् दयाहाङ

काठमाडौं । आगामी वैशाख १४ गते रिलिज हुने फिल्म ‘ह्याप्पी डेज’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । केही नयाँ दृश्य राखिएर पहिलो भन्दा राम्रो बनाइएको ट्रेलरमा एक्सन, लभ तथा ड्रामा राखिएको छ ।  ट्रेलरमा गाउँमा सोल्टिनी दिया पुनसँग प्रेममा रहेको दयाहाङलाई लण्डन आएपछि प्रियंका कार्कीसँगको आकर्षणलाई देखाइएको छ ।

मिलन चाम्स निर्देशित फिल्म लन्डन सिने आइ र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो । फिल्ममा सञ्जय गुप्ता, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स लगायतका कलाकार को पनि अभिनय छ ।  फिल्ममा वीपि खनाल, भवानी शर्मा, हिराल जोशी र मिलन चाम्सको लगानी छ । फिल्म लन्डन, नेपाल, वेल्स, इङ्ल्याड, स्कटल्यान्ड लगायतका देशहरुमा खिचिएको छ ।