राजको अझै मर्छुमा प्रेम–पीडा

काठमाडौं । गायक राज सिग्देलको स्वरमा रहेको गीत ‘अझै मर्छु’ को भिडियो सार्वजनिक भएको छ । दिपकराज विश्वकर्माको संगीत र सलिन पोखरेलको शब्द रहेको गीतको भिडियोमा शिल्पा पोखरेल, चिरन्जीवी र महेशको अभिनय छ । भिडियोमा प्रेम र पिडा देखाइएको छ ।

प्रकाश धितालले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायांकन र निसान घिमिरेको सम्पादन । भिडियोको बजार व्यवस्थापन बुढासुब्बा म्युजिकले गरेको छ ।