चंगाको कम्पनी मालामा यस्तो प्रेम

काठमाडौं । आगामी जेठ २५ गते रिलिज हुने फिल्म ‘चङ्गा’को पहिलो गीत ‘कम्पनी माला’ सार्वजनिक भएको छ । प्रचारको पहिलो सुरुवात भन्दै निर्माण टिमले फिल्ममा समावेश लोक फ्लेभरको गीत ‘कम्पनी माला’ दर्शकमाझ ल्याएको हो । सार्वजनिक गीतमा राजनराज शिवाकोटीको संगीत छ । शब्द राजेन्द्र थापाले लेखेका छन् ।

फिल्ममा सबैजसो मुख्य कलाकार फिचर गीतमा स्वर संगीतकार रहेका शिवाकोटीसँगै अञ्जु पन्तको छ । भिडियोमा कोरियोग्राफी कविराज गहतराजको छ । एरेञ्जको काम शैलेन्द्र प्रधानले गरेका छन् । निर्देशक किशोर भण्डारी ‘डिट्ठासाब’ले गीतलाई फिल्मको कथा र परिवेश सुहाउँदो भनेका छन् ।

कमेडी फ्लेबरको फिल्ममा बुद्धि तामाङ, कमलमणि नेपाल, अंकित खड्का, लक्ष्मी बर्देवा, रेश्मा तिमिल्सिना, प्रेमबर्षा शाह, जीवन भट्टराई, राजन खतिवडा र लक्की भण्डारीको अभिनय छ । फिल्ममा राजनराजसँगै कमल खत्रीको संगीत र रविन आचार्यको छायांकन छ । रेश्माकै लगानी रहेको फिल्ममा प्रकु पाण्डे कार्यकारी निर्माता छन् ।