शान्ति र गौरवको लजाउने हैछौनी

काठमाडौँ । गायिका शान्तिश्री परियार र गायक गौरव गिरीको स्वर रहेको लजाउने हैछौनीबोलको गीतको भिडियो रिलिज गरिएको छ । गीत देउडा संस्कृतिमा आधारित रहेको छ ।

गायक गिरीकै शब्द, रोहित देउवाको संगीत, विसम आचार्यको एरेन्ज तथा श्यामश्वेत रसाईलीको मिक्सिङ मास्टरिङ रहेको सार्वजनिक गीतमा मिस पवि, दीपा शाही र राजेश नाथको अभिनय छ ।

नुवाकोटका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको गीत रोमान्टिक फ्लेभरको छ । जसमा प्रेम, रोमान्स र वियोगको कथालाई कलात्मक शैलीमा निर्देशक गिरीले भिडियोमा उतारेका छन् ।

सन्जु चौधरीको कोरियोग्राफी रहेको भिडियोको छायांकन उत्तम हुमागाईले गरेका हुन् भने सम्पादन फाइनल पिक्सल नेपाल तथा कलर श्याम कुँवरले गरेका हुन् । गीतको भिडियो रिदम भिआईडीबाट बजारमा आएको हो ।