काठमाडौं । गायिका मञ्जु थापाले ‘सौम्या कलेक्सन’को उद्घाटन गरेकी छन् । डिल्लीबजार पिपलबोट घट्टेकुलो मार्गमा रहेको ‘सौम्या कलेक्सन’को गायिका थापाले गत सोमबार रिबन काटेर उद्घाटन गरेकी हुन् । सञ्चारकर्मीद्वय गीता अधिकारी र रिना श्रेष्ठले सञ्चालनमा ल्याएको यो कलेक्सन सेन्टरमा महिलाहरूका लागि गुणस्तरीय फेन्सी सामान सुपथ मूल्यमा बिक्रीका लागि राखिएको छ ।
कार्यक्रममा गायिका थापाले व्यावसायिक सफलताको शुभकामना दिएकी थिइन् । सो अवसरमा सञ्चार क्षेत्रका साथै गीतसंगीत र कला क्षेत्रका धेरै व्यक्तित्वको बाक्लो उपस्थिति रहेको थियो । गायिका मञ्जुका थुप्रै गीत लोकप्रिय छन् ।