काठमाडौं । गायक युवराज छन्त्यालले नयाँ गीतको भिडियो रिलिज गरेका छन् । उनले ‘किन पीर मान्छौँ’बोलको गीतको भिडियो रिलिज गरेका हुन् । यस गीतमा उनलाई गायिका देवी घर्तीले गायनमा सघाएकी छन्।
गायन युवराजकै शब्द तथा संगीत रहेको यस गीतले आफ्नो मायालुलाई पीर नगरी बस्न आग्रह गरेको छ। मायाप्रेमभावमा झल्काउने यो गीत लोकलयमा रहेको छ। यस गीतको म्युजिक एरेन्ज,मास्टरिङ तथा मिक्सिङको काम कुमार थापाको छ।
यो गीतको भिडियोमा शिवम पोखरेलको निर्देशन छ । भिडियोमा नविन सिरिस, सगुन शाही, रेनुका आले, वसन्तराज गौतमलगायतले अभिनय गरेका छन्।
सुरज खनाल,राजु घलेले खिचेको यो गीतको भिडियोको सम्पादन सरोज शाहीले गरेका छन्। भिडियो गायक छन्त्याल कै युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।