भिडियोमा सितारामको स्वार्थ तिम्रो

काठमाडौं । गायक सिताराम पोखरेलको नयाँ गीत ‘स्वार्थ तिम्रो’को भिडियो सार्वजनिक भएको छ । राजधानीमा सोमबार आयोजित कार्यक्रममा फिल्म निर्देशक लक्ष्मीनाथ शर्मा र चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले भिडियो सार्वजनिक गरे ।

भिडियोमा गायक सिताराम, नायिका अनु शाह, नायक सुवास पराजुली, अर्जुन गौतम र बाल कलाकार प्रांस तिवारीको अभिनय छ । गीतमा रमेश अधिकारीको शब्द र करणराज कार्कीको संगीत छगीतमा रमेश अधिकारीको शब्द र करणराज कार्कीको संगीत छ । भिडियोमा जनकदीप पराजुलीको निर्देशन, अर्जुन तिवारीको छायांकन र निशान घिमिरेको सम्पादन छ ।

२०४४ सालमा रेडियो नेपालबाट ‘सजाई दियौ जिन्दगी नै मेरो’ बोलको गीत रेकर्ड गराएर सांगीतिक यात्रा शुरु गरेका सितारामले हालसम्म ‘खोजि हेरिनौ’, ‘विना कारण’, ‘स्पार्क’, ‘अटोबर फोर’, ‘सम्मान’ र ‘सम्मान २’ एल्बम बजारमा ल्याइसकेका छन् । गायक पोखरेलले नयाँ गीतमा आफूले नयाँ प्रयोग गरेको बताए । ‘गीतको भिडियो दर्शकका लागि रुचीकर बन्न सक्छ । किनकी यसमा हामीले नयाँ सोचको प्रयोग गरेका छौं ।’ उनले भने ।