काठमाडौंँ । सिमा गुरुङ निर्देशित फिल्म ‘रङ डेस्टिनेशन २’को पहिलो गीत ‘ब्रेक डान्स’ सार्वजनिक भएको छ । गायिका समिक्षा अधिकारी र गायक ओम सुनारको स्वर रहेको गीतमा ओमकै संगीत र मुना शाहको शब्द छ ।
डान्सिङ फ्लेभरको गीतमा फिल्मका मुख्य कलाकार आयशा तामाङ र किरण श्रेष्ठको अभिनय छ । कल्चरल ड्रेस र कोरससमेत प्रयोग गरिएको गीतमा रोशनी थापा मगरको कोरियोग्राफी छ ।
फुलमुन मोसन फिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्म हरर र थ्रिलर जनरामा छ । फिल्ममा किरण श्रेष्ठ, आयशा तामाङ, कालु राणा, आकी थेक्पा, सुगन तन्दुकार, उज्वल, सञ्जय थापा, सकल रेग्मीलगायतका कलाकारको अभिनय छ ।
फिल्म कार्यकारी निर्माता सुगन तन्दुकर हुन् भने निर्माता समाइरा तन्दुकार र शर्मिला लामा रहेका छन् । मुस्ताङका बिभिन्न रमणिय स्थानमा छायांकन भएको फिल्मको प्रदर्शन मिती भने जुर्न बाँकी रहेको छ ।
विदेशका बिभिन्न फेष्टिभलको प्रदर्शनपछि मात्र फिल्म स्वदेशमा प्रदर्शन गरिने निर्देशक सिमा गुरुङले बताइन् । फिल्ममा सञ्जय थापाको द्धन्द्ध, रणधीर श्रेष्ठको छायांकन र बनिश शाहको सम्पादन छ ।






