काठमाडौं । शैलेन्द्र बज्राचार्यको लेखन,तथा निर्देशनमा तयार पारिएको सर्ट फिल्म ‘खाली सिसी नयाँ कागज’ सार्वजनिक भएको छ। फिल्मले, वर्तमान युवा पिढीहरूको विदेशी मोहले विदेशकै बसाईका कारण वृद्ध वृद्धाहरूले भोगिरहेको एक्लोपन र उनीहरूको मानसपटलमा परेको प्रभाव तथा जीवनका कठिन मोडहरूलाई कलात्मक ढङ्गले चित्रण गरेको छ ।
फिल्ममा मुकुन्द श्रेष्ठ, रचना सिंह, अफ्शान पन्थी, रवीन्द्र नेपाल, सुमन थापा, विनोद लामा, मनिला रानालगायतको अभिनय छ । फिल्ममा किरण श्रेष्ठ र सन्दीप श्रेष्ठको सम्पादन, निराजन सेंधाइको छायाङ्कन, बिपिन स्थापितको साउन्ड डिजाइन, राजेन्द्र मोक्तानको रङ्ग संयोजन र रोमन बज्राचार्यको पाश्वर्य सङ्गीत छ ।
म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको प्रस्तुति रहेको यो फिल्म म्युजिक नेपाल इन्टरटेन्मेन्ट च्यानलबाट हेर्न सकिन्छ ।






