काठमाडौँ । २२ औं धान दिवसको उपलक्ष्यमा राष्ट्रिय लोक सन्चारकर्मी नेपालले आयोजना गरेको रोपाईँ उत्सव सम्पन्न भएको छ । गोकर्णेश्वर ७ शिवचोकको फाँटमा आयोजना गरिएको कार्यक्रममा थुप्रै कलाकारहरु सहभागी थिए । कलाकारहरु केही समयको सांस्कृतिक कार्यक्रम गरेसँगै धान रोपाईमा सरिक भएका थिए ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपककुमार रिसालले लोक सन्चारकर्मीको नेपालले संस्कृति र नेपालको पहिचान जोगाउनका लागि भूमिका खेलेकोमा धन्यवाद ब्यक्त गरे । कार्यक्रममा गायक, संगीतकार, फिल्म निर्देशक नारायण रायमाझी, बद्री पँगेनी, नवीन पौडेल, मञ्जु पौडेल, सरोज लामिछाने र लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगर, मोडल एलिजा गौतम, सन्जु न्यौपाने, बालगायिका आयुशा गौतमलगायतको उपस्थिती थियो ।
यस्तै उक्त रोपाईँ उत्सवमा घाँसेगीतका ज्ञाता शिवनारायण जोशी र नारायण रायमाझीलाई सम्मान पनि गरिएको थियो । आयोजक संस्था राष्ट्रिय लोक सन्चारर्की नेपालका अध्यक्ष चन्द्रमणी गौतमले नेपाल कृषिमा आत्मनिर्भर हुनुपर्छ भन्ने उद्देश्यका साथ संस्थाले हरेक बर्षको असार १५ मा रोपाईँ उत्सव गर्दै आएको जानकारी दिए । साथै उनले संस्थाले बिशेषगरी नेपाली मौलिक, सँस्कृति झल्किने कार्यक्रममा जहिले पनि जोड दिने बताए ।