काठमाडौं । गायिका एलीना चौहान र गायक पवन परियारको स्वर रहेको नयाँ लोकपप शैलीको गीत ‘सिस्नोले पोल्यो’ सार्वजनिक भएको छ। गीत शुक्रबार टिआर सिरिज नामक युट्युब च्यानलमार्फत औपचारिक रूपमा सार्वजनिक गरिएको हो।
गीतमा तुलाराम लामिछाने र गायक पवन परियारकै शब्द संयोजन रहेको छ। संगीत पनि पवन परियारले नै तयार गरेका हुन्। परम्परागत लोक भावनालाई समेट्दै आधुनिक संगीत संयोजनमार्फत नयाँ पुस्तालाई आकर्षित गर्ने प्रयास गरिएको यस गीतमा करिश्मा शाही, सुमन योगी, र अन्य कलाकारहरूको अभिनय देख्न सकिन्छ।
गीतले पहाडी गाउँको परिवेश, प्रेम, र पीडाको कथा प्रस्तुत गर्छ। ‘सिस्नोले पोल्यो’ भन्ने प्रतीकात्मक भावमार्फत मनको घाउ र सामाजिक सन्दर्भहरूलाई गीतमार्फत प्रभावशाली ढंगमा व्यक्त गरिएको छ। एलीना चौहानको सुमधुर स्वर र पवन परियारको दमदार गायनले गीतलाई थप भावुक र आकर्षक बनाएको छ।
सुरेश पाण्डेको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा देव दोर्जे लामाको छायांकन छ । अनिल बिष्ट प्युठानीले सम्पादन गरेका छन्।






