काठमाडौं । गायिका भावना आचार्यले झण्डै एक वर्षको अन्तरालपछि तीज गीत सार्वजनिक गरेकी छन् । आफ्नै युट्युव च्यानल भावना आचार्यमार्फत सोमबार दर्शकमाझ ल्याइएको ‘सोच सोच केटी हो’ मा भावनालाई गायनमा गायक रामचन्द्र काफ्लेले साथ दिएका छ्न ।
यसअघि ‘बग्ने खोला बगी गो’, ‘बग्ने खोला–२’ ‘माया बस्ला फेरि’ लगायतका गीत ल्याइसकेकी गायिका भावनाको यो तीज गीतको शब्द र संगीत पनि उनकै हो । नितिन चन्दले निर्देशन गरेको भिडियोमा अभिनेत्री शिल्पा पोखरेल,गायिका भावना स्वयम्, राजन अधिकारी,अमृत आचार्य र नवीन किशोर फिचर छन । सुरेन बसेलले कोरियोग्राफी गरेको भिडियो बिनोद बिष्टले खिचेका हुन भने सम्पादन शौखिन तिमिल्सिनाले गरेका छन ।
प्रेम तथा बैबाहिक सम्बन्धको बिषयमा पुरुष(महिला, दुवैलाई सचेत गराउने खालको शब्द र भाव रहेको गीतको भिडियो रमाइलो बनेको छ ।






