काठमाडौं । फिल्म ‘बुकी’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । मोहन केसीको निर्देशनमा निर्माण भएको फिल्मको निर्माण पक्षले शनिबार फस्टलुक पोष्टर सार्वजनिक गरेको हो ।
हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मसको प्रस्तुति रहेको फिल्मको पहिलो झलक पोष्टरमा नाम बोक्ने बुकी फूल छ, जुन झपक्क फूलेको छ ।
लेकाली भूगोलको चौरलाई नजिकै आउँदै गरेको कुहिरोले डम्म छोप्न लागेको छ । चौरमा एक पुरुषसहित सात महिला छन् । जो भलिबल खेलिरहेका छन् ।
फिल्मले खेलकुद तथा प्रकृतिबिचको सम्बन्धको कथा भन्ने छ । फिल्मको कार्यकारी निर्मातामा प्रकाश आले र राजन केसी छन् । निर्मातमा लक्ष्मण सापकोटा, अमिशा काउचा थापा, रमेश थापा लगायत छन् ।
क्रिएटिभ प्रोडुसरमा राजेश थापा र बसुन्धरा खरेल छन् । को–प्रोडुसरमा जितु थापा, सुनील बुढाथोकी छन् । फिल्ममा सुरक्षा पन्त, देबेन्द्र बब्लु, रोशनी कार्की, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमलसिना, गानु जोशी, अनु दाहाल, सन्दिप बाबु लोहनी, निशा बजगाईं लगायत छन् ।
फिल्मको एशोसिएट डिरेक्टरमा आशुका अर्याल, चिफ असिस्टेन्ट डिरेक्टरमा आचार्य गोपाल छन् । विकास गन्दर्भको डीओपी रहेको फिल्ममा भुपेन्द्र अधिकारीको सम्पादन छ ।
फिल्मको असिस्टेन्ट डिरेक्टरमा टाईग्रिस, निशा दाहाल, उज्वल अधिकारी, कलर मनोरञ्जन श्रेष्ठ रहेका छन् । लोकेशन साउन्डमा बिसन बस्नेत, सिमान्त थापा, डाइमन्ड आचार्य र निर्जल खत्री छन् । ड्रोनमा टार्जन लिम्बुको रहेको फिल्ममा संगीत दीपक शर्मा र एचबीएन किस्मतको रहेको । राकेश दाहालको पब्लिसिटी डिजाइन रहनेछ । एमयूएमा श्याम मल्ल, प्रोडक्सन हेडमा थम्मन थापा छन् ।
फिल्मको छायाकंन काठमाडौ, पोखरा, बाग्लुगंको ढोरपाटन लगायतका क्षेत्रमा गरिएको हो । फिल्म सन् २०२६ भित्र रिलिज गर्ने योजना निर्माण पक्षको छ ।






