जदौमा राजश्री अनुबन्धित

काठमाडौं । फिल्म ‘जदौ’ मा नव अभिनेत्री राजश्री थापा अनुबन्धीत भएकी छिन । मोडलिङ तथा स्टाइलिस्टका रुपमा सकृय राजश्रीले गायक सुशान्त केसीको एउटा गीतमा अभिनय गरेकी छिन । राजश्रीको प्रवेशसंगै फिल्मको कलाकारको लाइनअप पूरा भएको निर्माण पक्षले जनाएको छ ।

काजी लिम्बू र अन्जन शर्माको संयुक्त निर्देशनमा बन्ने फिल्ममा मुकुन भुसाल, ऋचा शर्मा,नीति शाह,प्रभातपाल ठकुरी,बिनोद न्यौपाने,गीता अधिकारी,शारदा गिरी,सन्ध्या श्रेष्ठ,अनिल सुब्बा लगायतका कलाकारले अभिनय गर्दैछ्न । अन्तरजातीय प्रेमसम्बन्ध र सामाजीक कुरिती बिरुद्दको आवाज बुलन्द गर्ने बिषयको फिल्म दाङ र प्युठानका विभिन्न स्थानमा खिचिने छ ।

सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माण रहने फिल्मको सहनिर्मातामा रामराजा सुवेदी,सुमीत्रा देवकोटा,गोकुल केसी र नारायण शास्त्री छन् ।

बुद्धि माझीको निर्माण ब्यबस्थापन रहेको फिल्मको छायांकन श्याम तामाङले गर्नेछ्न । काजी लिम्बूको लेखन रहेको फिल्मका गीतमा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत अनि मिलन श्रेष्ठको द्वन्द्व निर्देशन रहने छ । फिल्मको सुटिङ भदौ पहिलो साताबाट सुरु हुने जानकारी सिल्भर स्क्रिनकी प्रबन्ध निर्देशक बिमला भण्डारीले दिएकी छिन् ।