काठमाडौँ । माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माणमा हुन लागेको फिल्म ‘राम नाम सत्य’को बिहीबार ललितपुरको बंगलामुखी मन्दिरमा मुहूर्त गरिएको छ । फिल्मको छायांकन काठमाडौँ र चितवनमा हुनेछ । माइकल चन्दको डेब्यू निर्देशन हुने फिल्म यसै वर्षको २७ चैतमा रिलिज हुनेछ ।
निर्माण पक्षले मुहूर्तसँगै नायक विराज भट्टको पोस्टर लुक्स सार्वजनिक गरेको छ । पोस्टरमा विराज भट्टलाई रगतसरी शरीरमा रिसाहा लुक्समा देखाइएको छ । निर्देशक माइकलले ‘राम नाम सत्य’लाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ भएको बताए ।
नायक विराजले ‘१२ गाउँ’ पछि आफू यो फिल्ममा काम गर्न लागेको बताउँदै कथावस्तु सशक्त रहेको सुनाए । यस्तै, नायक सुशीलले पनि फिल्मको कथावस्तु उत्कृृष्ट रहेको दाबी गरे ।
फिल्ममा विराजसँगै सुशील श्रेष्ठ, आयुष सिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, खुशी कार्की, सुनील थापा, अर्पण थापा, कनिज कोइराला, रवि गिरी र दिनेश डिसीको अभिनय रहनेछ । उपेन्द्र शाही र स्वेता विमली निर्माता रहेको फिल्ममा किशोर भट्ट र डा.डिआर उपाध्याय कार्यकारी निर्माता छन् ।
माइकलकै कथा तथा पटकथा रहेको फिल्ममा संजय लामाको डिओपी, श्री श्रेष्ठको एक्सन, अर्जुन पोखरेल, बाबुल गिरी, एसडी योगी र नवाज अन्सारीको संगीत, विक्रम स्वाँर र सियोन श्रेष्ठको कोरियोग्राफी रहनेछ । मोती कार्की क्रियटिभ निर्माता रहेको फिल्ममा राजेन्द्र आचार्य लाइन प्रोड्युसरको रूपमा छन् ।






