काठमाडौं । गायक तथा सर्जक राममणि फुयाँलको शब्द तथा संगीतमा ‘झ्याइँ झ्याइँ बाजा’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा राममणी फुयाँल र गायिका माण्डवी त्रिपाठीको स्वर तथा विपिन आचार्यको संगीत र एरेन्ज छ ।
बिएम म्युजिक रेकर्डिङ स्टुडियोमा अडियो रेकर्ड गरिएको गीतको भिडियोमा विपिनकै निर्देशन छ । भिडियोमा राममणी र अश्विनी शाहीले अभिनय गरेका छन् ।
भिडियोमा विजय रुम्बा लामाको छायांकन, सम्पादन र कोरियोग्राफी छ । भिडियो माण्डवी त्रिपाठी युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।







