द ब्ल्यू लाइट ट्रेलरः प्रेम, धोका र बदला

काठमाडौं । फिल्म ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक ट्रेलरमा प्रेम, छलकपट र धोका समेटिएको छ । एकअर्कासँगको सामिप्यता, प्रेम, धोका र बदला ट्रेलरमा देख्न सकिन्छ । प्रेम नपाउँदाको तनाव र त्यसले सिर्जना गरेको घटनाक्रमलाई ट्रेलरले समेटेको छ ।

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको फिल्ममा बेनिशा हमाल, अर्पण थापा, आयुशमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन् । फिल्ममा बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।

माघ १६ गते रिलिज हुने फिल्ममा बलिराम चौहानको डेब्यू निर्देशन छ । स्काइफल पिक्चर्सले प्रस्तुत गरेको फिल्मको को–प्रोडुसरको रुपमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् । कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन् ।

नरेन्द्र मैनालीको छायांकन रहेको फिल्ममा आकाश उखेडा मख्य सहायक निर्देशक छन् । रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक हुन् ।