यी हुन् ड्रेस टु इम्प्रेस विजेता

काठमाडौँ । आइआइएफटीः स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले राजधानीमा आयोजना गरेको फेसन डिजाइनिङ र मोडलिङको समिश्रण ‘ड्रेस टु इम्प्रेस’ सिजन–१२ मा ४ डिजाइनर उत्कृष्ट घोषित भएका छन् । प्रतियोगितामा ११९ जना फेसन डिजाइनर प्रतिष्पर्धी थिए । प्रतियोगितामा डिजाइनरहरूलाई ‘डेनिम फिचर’, ‘ग्ल्याम इन प्याच’, ‘एक्जोटिक फौना’ र ‘इकोज अफ टाइम’ गरी ४ वटा थिम दिइएको थियो । जसमा ‘डेनिम फिचर’तर्फ रेजिना श्रेष्ठ, ‘ग्ल्याम इन प्याच’तर्फ प्रतीक गुरुङ, ‘एक्जोटिक फौना’तर्फ इमायुङ राई र ‘इकोज अफ टाइम’तर्फ युयान वाङ (सेलिना शाही) विजेता भए ।

प्रतियोगितामा सामाजिक सञ्जालमा भएको प्रतिस्पर्धाअनुसार विजेता पनि छानिएको थियो । जसमा निलम दास ‘आइआइएफटी मोस्ट लाइक्ड लेजेन्ड’, आयुषा श्रेष्ठ ‘आइआइएफटी स्ट्रोमस सेयरड च्याम्पियन’ र प्रमिला श्रेष्ठ ‘आइआइएफटी पब्लिक च्वाइस’ घोषित भए । प्रतियोगितामा महेश महर्जन, मुक्ता श्रेष्ठ, निशा श्रेष्ठ, मनीष राई, अन्चु पाण्डे र अंकित माइती रहेका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पूर्व ‘मिस नेपाल इन्टरनेसनल २०१७’ तथा कलाकार नीति शाह, ‘मिस नेपाल वल्र्ड २०२५’ लुना लुँइटेल, ‘मिस नेपाल कोस्मो २०२५’ दीपशिखा नेपाल, ‘मिस नेपाल इन्टरनेसनल २०२५’ उरुषा भण्डारी, ‘मिस नेपाल अर्थ २०२५’ सोनी घले ‘शो टपर’ थिए ।

आइआइएफटीका प्रबन्धनिर्देशक फुपू तेन्जिङ शेर्पाले आइआइएफटीले डिप्लोमा कोर्ष अध्ययन गर्दै गरेका आफ्ना विद्यार्थीहरूलाई ‘ड्रेस टु इम्प्रेस’मार्फत फेसनसम्बन्धी थप ज्ञान प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको बताए । आइआइएफटी काठमाडौँको बागबजार प्लाजा र कमलादीस्थित हेरिटेज प्जाजा तथा ललितपुरको कुमारीपाटीमा छ ।