शिवांशको बैश भुसुक्कैमा तेज, विमला र बारत

काठमाडौं । फिल्म ‘शिवांश’को गीत ‘बैंश भुसुक्कै’ सार्वजनिक भएको छ । राजनराज शिवाकोटी र समीक्षा अधिकारीको स्वर रहेको गीतमा राजनराज र सरोज रञ्जितकारको शब्द तथा राजनराजकै संगीत छ ।

लोकलयको प्रेमिल गीतमा गाउँबेसीमा प्रयोग हुने मिठासपूर्ण शब्द र लय प्रयोग गरिएको छ । विक्रम चौहानको कोरियोग्राफी रहेको भिडियोमा फिल्मका मुख्य कलाकार तेज गरी, बिमला लिम्बू र बारत लिम्बूको अभिनय छ । महाशिवरात्रिको छेको पारेर फिल्म फागुन १ गते रिलिज हुँदैछ ।

अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने फिल्मको निर्देशकमा सन्तोषकुमार आत्रेय छन् । यो उनको डेब्यु निर्देशकीय सिनेमा हो । निर्मातामा अञ्जान केसी छन् ।

फिल्ममा प्रवीण खतिवडा, तेज गिरी, रुषा न्यौपाने, विकास जोशी, विमला लिम्बू, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौला, बिमला लिम्बू, प्रदीप कुमार चौधरी, सबीर चौराउटे, उदय कुमार सुब्बा, टिका निरौला र कुन्दनको पनि अभिनय छ ।

फिल्मको कथा अञ्जान केसीले लेखेका छन् । फिल्मको सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन् । स्क्रिनप्ले बारत लिम्बूको छ । फिल्ममा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीत, न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत, मिलन श्रेष्ठको द्वन्द्व, विक्रम चौहानको कोरियोग्राफी छ । बारत लिम्बू मुख्य सहायक निर्देशक रहेको फिल्ममा स्क्रिप्ट डक्टरको काम सुलक्षण भारतीले गरेका छन् । सरद महतोको डीओपी रहेको फिल्मका कार्यकारी निर्माता सम्भू थापा हुन् ।