भाइरल गोर्खेको गोर्खे लाइभमा सौगात र जयकिशन

काठमाडौं । गत माघ १ गते माघे संक्रान्तिको अवसर पारेर प्रदर्शनमा आएको फिल्म ‘भाईरल गोर्खे’ को ‘ट्रेलर २ः गोर्खे लाइभ’ सार्वजनिक भएको छ । २ मिनेट १६ सकेण्डको ट्रेलरमा अभिनेता सौगात मल्ललाई टिकटक लाइभ गरिरहेको अवस्थामा देख्न सकिन्छ ।

सौगातको लाइभमा जोडिएर अर्का अभिनेता जयकिसन बस्नेलले सौगातलाई कमजोर नहुन भन्दै सम्झाई रहेको देख्न सकिन्छ । फिल्म हलमा रिलिज भैसकेपछि दर्शकको ध्यान खिच्न गोर्खे लाइभ ट्रेलर सार्वजनिक गरिएको निर्माण टिमले जानकारी दिएको हो ।

सामाजिक सञ्जालमा भाईरल बन्न मुख्य पात्र सौगात मल्ल (गोर्खे)ले गर्ने संघर्ष र अनौठा हर्कतको कथा फिल्मभित्र समेटिएका छन् । निगम श्रेष्ठ निर्देशित फिल्ममा सौगात मल्ल, सृष्टि श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला रवि भुजेल र मिस पवीको अभिनय रहेको छ ।