काठमाडौं । फिल्म ‘घरज्वाइँ’ निर्देशन गरेका अनिल बुढा मगरको दोस्रो फिल्म ‘मितज्यू’ को छायांकन सुरु भएको छ। वसन्त पञ्चमीको अवसर पारेर दाङस्थित अम्बिकेश्वरी मन्दिरमा शुभ मुहूर्त गर्दै छायांकन सुरु गरिएको फिल्मको निर्माता जनक घर्ती मगर हुन् ।
निर्माता मगरका अनुसार फिल्म सामाजिक कथावस्तुमा आधारित रहेकाले यसको छायांकन दाङ र रोल्पाका विभिन्न स्थानमा गरिनेछ। फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतको अभिनय रहनेछ।
यस फिल्मका मुख्य सहायक निर्देशक फिरोज खड्का हुन् भने सहायक निर्देशकमा अनिल दाहाल, सञ्जु नेपाली र एल्मिना राई रहेका छन्। प्रोडक्सन डिजाइनर किशोर नेपाल, ड्रेस डिजाइनर संगीता रोका मगर, सम्पादक लोकश बज्राचार्य, छायाकार शिशिर शिशंखेल, द्वन्द्व निर्देशक प्रभात विष्ट र साउन्ड डिजाइनर नवीन श्रेष्ठ रहेका छन्। संगीत श्रीकृष्ण बम मल्लको रहनेछ ।
आरआर फिल्म्स वितरक रहेको यो फिल्म आगामी वर्षको जेठ १५ गते रिलिज हुनेछ ।







