दुर्गेशले ल्याए नाच नाच भाइ नाच

काठमाडौं । गायक दुर्गेश थापाले आफ्नो जन्मदिनको अवसरमा शनिबार नयाँ गीत ‘नाच नाच भाइ नाच’ सार्वजनिक गरेका छन् । सामाखुसीस्थित सिटी स्क्वायर मलको प्रांगणमा आयोजित कार्यक्रममा उनले गीत सार्वजनिक गरेका हुन् ।

दुर्गेशको शब्द तथा संगीत रहेको गीतमा उनीसहित राजेशपायल राई, वर्षा इटानी र भ्योमाको स्वर छ । भिडियोमा दुर्गेशसहित सुरजसिंह ठकुरी, इभा गिरी, रोशन अधिकारी, भ्योमा र पेमा लामा फिचर्ड छन् । र्‍याप गायन भ्योमाको छ ।

दुर्गेशको यसअघि सार्वजनिक ‘दुश्मन हेरेको हेर्‍यै’ ३ दिनमै युट्युबको ग्लोबल ट्रेन्डिङमा परेको थियो भने ‘जाने भए जाम माया’ले २० घन्टाभित्रै १६ लाख ३६ हजार दर्शक पाएको थियो ।