द ब्लु लाइट निर्देशक बलिराम भन्छन्–म रातारात हिट हुन आएको होइन

काठमाडौं । फिल्म ‘द ब्लू लाइट’ यही माघ १६ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा बलिराम चौहान डेब्यू निर्देशन छ । निर्देशक चौहानका अनुसार यो फिल्मकेवल हेरेर बिर्सिने कथा मात्र नभई दर्शकले गहिराइमा अनुभूत गर्ने एउटा विशेष फिल्म हो । फिल्मले मानव मनको जटिलता, एक्लोपन र वास्तविकता तथा भ्रमबीचको सूक्ष्म रेखालाई पर्दामा उतार्ने प्रयास गरेको उनको दाबी छ ।

‘हाम्रो फिल्म हरर होइन, यो एउटा मनोवैज्ञानिक ड्रामा–थ्रिलर हो । यद्यपि, केही दृश्यहरूले दर्शकलाई डरको अनुभूति भने पक्कै गराउनेछन्’, उनी भन्छन्, ‘म रातारात हिट हुन वा त्यसैगरी हराउन आएको होइन । म एउटा लामो यात्राको लागि तयार भएर फिल्म क्षेत्रमा प्रवेश गरेको हुँ । मेरो योगदान र गन्तव्य अरूभन्दा फरक हुनेछ ।

फिल्ममा बेनिशा हमाल र अर्पण थापा मुख्य भूमिकामा छन् । निर्देशक चौहानका अनुसार फिल्मको कथा यिनै दुई पात्रको वरिपरि घुम्ने छ । फिल्ममा बेनिशा हमाल, अर्पण थापा, आयुशमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा र बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।