जाँडलाई सेन्सरको पिजी सर्टिफिकेट

काठमाडौं । राजु शाह निर्देशित फिल्म ‘जाँड’ले केन्द्रीय चलचित्र जाँच समिति(सेन्सर बोर्ड)ले ‘पिजी’ सर्टिफिकेट दिएको छ । गत निफ फिल्म फेस्टिभलमा मुर्हूत गर्दै छायांकनमा निस्किएको यो फिल्म नगरकोटको आसपासका स्थानमा छायांकन गरिएको छ ।

राजेन्द्र भट्टको निर्माण रहेको फिल्ममा सानबी खतिवडा, पदम गुरुङ, कमला दाहाल, रमेश उप्रेती, मञ्जु श्रेष्ठ, सुवास गजुरेल, रमेश अधिकारी, लक्ष्मी तिमिल्सेना, स्मारिका खनाल लगायतको अभिनय छ । सुकुलढोका मिडिया प्रालिको व्यानरमा निर्माण भएको यो फिल्ममा कथा पटकथा सम्बाद सुनिलप्रसाद श्रेष्ठ÷राजु शाह र राजेन्द्र भट्टको रहेको छ ।

फिल्मको निर्मातामा सुनिलप्रसाद श्रेष्ठ र राजेन्द्र शाह छन् । फिल्ममा मुख्य सहायक निर्देशक शम्भु गौतम र किशोर डंगोल तथा नरेन्द्रकुमार केसी सह–निर्देशक, दिपेन बस्न्यातको छायांकन एवं सम्पादन, योगेन्द्र श्रेष्ठको द्वन्द्व, सुनिलप्रसाद श्रेष्ठको निर्माण नियन्त्रण, श्रीपुरुष ढकालको शब्द, रोशन बालुवाको संगीत एवं स्वर रहेको छ ।

निर्देशक राजुले जाँडले समाजमा एउटा मानिसलाई कसरी बद्नाम बनाउँछ भन्ने कथा फिल्ममा देखाइने बताए । नृत्य निर्देशक शाहले यस अगाडि ‘नमस्ते नेपाल’ लगायतका फिल्म निर्देशन गरेका थिए ।

फिल्मलाई द पिक स्टुडीयोमा पोष्ट प्रोडक्शन गरिएको छ भने पोष्टर डिजाइन आईडिएल रहेको छ । फिल्मको वितरकमा एनसिजीएनले रहेको छ ।