काठमाडौं । निर्देशक कृषा चौलागाईको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘पारस’मा अभिनेत्री प्रियंका कार्की अनुबन्ध भएकी छन् । यस फिल्मका लागि अभिनेता निखिल उप्रेती, अभिनेत्री जसिता गुरुङसँगै अब प्रियंका कार्की पनि अनुबन्धित भएकी छन्। उनलाई निर्माण पक्षले बुधबार अनुबन्ध गरेको हो।
फिल्म ‘पारस’मा निखिलको जोडी जसिता कि प्रियंका हुने हुन् भन्ने चर्चा सुरु हुन थालिसकेको छ। जसिता अनुबन्धित हुँदा अधिकांशले जसिताको अपोजिटमा निखिल उप्रेती हुने चर्चा थियो। तर अब प्रियंका कार्की पनि फिल्ममा जोडिएपछि को कसको जोडी हुन भन्ने कुरामा दर्शकमाझ कौतुहलता पलाएको देखिन्छ।
निर्देशक कृषाका अनुसार फिल्मका लागि अन्य कलाकार पनि विस्तारै अनुबन्ध हुँदै जानेछन् । केपी फिल्म्सको व्यानरमा निर्माण हुने यस फिल्मलाई भारतीय पटकथाकार सचिन लादियाले लेखेका हुन् भने डीओपी पुरुषोत्तम प्रधानले गर्नेछन्।







