छायांकनमा नाजिर र आकृतिको मुक्तिपुर

काठमाडौं । नाजिर हुसैन, गौरव पहारी, प्रकाश शाह, एवनराज उप्रेती र डेब्यू अभिनेत्री आकृति बुढाथोकीको प्रमुख अभिनय रहने बदलाको कथामा बन्न लागेको फिल्म ‘मुक्तिपुर’को मुहूर्त गरिएको छ । काठमाडौंको बसुन्धारामा अवस्थित इन्द्रायणी मन्दिरमा क्ल्याप तथा स्कृप्ट पूजा गर्दै मंगलबारबाटै फिल्मको छायांकन समेत थालनी गरिएको छ ।

सुनिल पाण्डेको निर्देशनमा तयार हुने यो फिल्म साहिबा फिल्मस् प्रोडक्सनको ब्यानर र एभरेष्ट फिल्म एकेडेमीको सहकार्यमा बन्नेछ । विभिन्न छोटा फिल्म र वृत्तचित्र निर्देशनमा अनुभवी युवा निर्देशक पाण्डेको लागि ‘मुक्तिपुर’ डेब्यू निर्देशकीय फिल्म हुनेछ । फिल्ममा उनकै कथा रहनेछ ।

विजय राजवंशी र रोशन पासवान निर्माता रहेको फिल्ममा विशाल श्रेष्ठ कार्यकारी निर्माता छन् भने केशव गौतम सह–निर्माता छन् । सञ्जय गुरुङ र सुरज चौधरी लाइन प्रोड्यूसर रहेको फिल्ममा सम्राट बस्नेत द्वन्द्व निर्देशक रहँदा छायांकन सरद महतोको रहनेछ भने कला निर्देशक अकी थाक्पा र प्रोडक्सन हेड रुपक प्रताप अधिकारी छन् ।

क्राइम रिभेञ्ज जनरामा तयार हुने फिल्मले बदलाको कथा बोल्नेछ । ‘एक परिवारको प्रतिनिधित्व गरेको पात्रको जीवनमा घट्ने महत्वपूर्ण घटना र त्यसले उत्पन्न गर्ने परिस्थिति पश्चात उसले गर्ने संघर्ष र सफलताको कथा फिल्मले बोल्नेछ’, निर्देशक पाण्डेले भने ।

फिल्ममा घनश्याम जोशी, सरस्वती अधिकारी, अनिल कुर्मी, स्वायम केसी, हरोन अली, उदय अली, सारा शर्मा, अनामिका लामिछाने, विकाश खनाल, रुपेश लामा, आयन परियार, श्रवन रम्तेल, भोला शाह, सफल, गोपाल महतरा, विमल यादव, ओजस्वी विक्रम विष्ट, सुदिप तिमिल्सिना र प्रविणकुमार चौधरी लगायतको पनि अभिनय रहनेछ ।

४० दिनको छायांकन तालिकासहित फ्लोरमा निस्किएको फिल्मको प्रदर्शन मिति तय गरिएको छैन । कार्यकारी निर्माता श्रेष्ठले छायांकन सम्पन्न भएको मितिले ६ महिनभित्र प्रदर्शनमा ल्याउने लक्ष्यसहितको तालिकामा आफुहरू फ्लोरमा निस्किएको बताए ।